एनपीएलकाे उपाधि विराटनगर किंग्सले जिते कोशी सरकारले ३० लाख रुपैयाँ दिने

एनपीएलकाे उपाधि विराटनगर किंग्सले जिते कोशी सरकारले ३० लाख रुपैयाँ दिने


काठमाण्डु– मंसिर १५ गतेदेखि हने एनपीएलमा विराटनगर किंग्सले उपाधि जिते कोशी प्रदेश सरकारले ३० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगर किंग्सले एनपीएल जिते ३० लाख पुरस्कार दिने घोषणा गरेका हुन् ।

विराटनगरका किङ्सका खेलाडीलाई बिदाइ गर्दै मुख्यमन्त्री कार्कीले उपाधि जिते ३० लाख पुरस्कार दिने घोषणा गरे ।

एनपीएल १५ गते सुरु भएर पुस ६ गते सकिने छ ।