एमाले नेता झलनाथ खनाल प्रचण्डको पक्षमा उभिए

एमाले नेता झलनाथ खनाल प्रचण्डको पक्षमा उभिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एकीकृत पार्टीको अध्यक्ष दिनुपर्ने बताएका छन् । उनले प्रचण्डलाई पार्टी अध्यक्ष मान्न आफू तयार भएको समेत बताए ।

खनालले बुधबार राति एउटा टेलीभिजनलाई अन्तरवार्ता दिंदै माओवादीसंग एकता गर्नुपर्छ भन्दा आफुलाई आधा माओवादीको आरोप लगाउनेहरु नै अहिले आफ्नो लाइनमा आएको दाबी गरे ।

एमालेका पुर्व अध्यक्ष समेत रहेका नेता खनालले केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय पार्टीले अझै नगरेको दाबी गरे । व्यक्तिगत रुपमा भने ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको खनालको भनाई थियो ।

पुर्व प्रधानमन्त्री समेत रहेका खनालले माओवादी केन्द्र र एमालेबीच पार्टी एकताको विकल्प नभएको समेत बताए ।