एजेन्सी – नयाँदिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) का विद्यार्थीमाथि आइतबार राति भएको हिंसात्मक हमला ठूलो षड्यन्त्र भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटना छानबिन गरी ५० अज्ञात नकाबधारीविरूद्ध मुद्दा दायर गरेको छ । हालसम्म कोही पक्राउ भने परेका छैनन् ।
यसैबीच जेएनयूमा भएको हमलाको जिम्मवारी हिन्दु रक्षा दल नामक संगठनले लिएको छ । आफूलाई हिन्दु रक्षा दलका राष्ट्रिय अध्यक्ष बताउने भूपेन्द्र तोमर उर्फ पिंकी चौधरीले एक भिडिओ जारी गर्दै जेएनयू हमलाको जिम्मेवारी लिएको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार चौधरीले आइतबार राति जेएनयुका विद्यार्थी कुटेर हिंसा भड्काउनेहरू आफ्ना कार्यकर्ता भएको बताएका छन् ।
चौधरीले जेएनयु देशविरोधी गतिविधिको केन्द्र भएको बताउँदै यस्ता गतिविधिमा सहभागी हुने जोकोहीलाई यसैगरी जवाफ दिने बताएका छन् । जेएनयूलाई कम्युनिस्टको अड्डा भएको र त्यहाँ धर्म्विरोधी कुरा हुने आरोप पनि उनले लगाएका छन् ।
यो हमलामा विश्वविद्यालय विद्यार्थी युनियनका अध्यक्ष आयशी घोषसहित २३ जना विद्यार्थी घाइते भएका छन् ।
प्रतिक्रिया