ट्रम्पमाथि गोली प्रहारपछि वाइडेनको प्रतिक्रिया–राजनीतिमा शक्तिबीच मनमुटाब रहनु हुँदैन

ट्रम्पमाथि गोली प्रहारपछि वाइडेनको प्रतिक्रिया–राजनीतिमा शक्तिबीच मनमुटाब रहनु हुँदैन


काठमाण्डु-अमेरिकी राष्ट्रपति जो वाइडेनले अमेरिकाबासीलाई सम्बोधन गरेका छन् । शनिबार उनका प्रतिद्वन्द्वी तथा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भए पछि वाइडेनले सम्बोधन गरेका हुन् ।

ह्याइटहाउस्थित ओभलबाट उनले १० मिनेट लामो मन्तव्य दिए । उनले अमेरिकाको राजनीतिक वातावरणमा कम तापक्रम हुनुपर्ने बताएका छन् । उनले राजनीतिमा शक्तिका बिचमा सधैँ तनाव र मनमुटाब रहनु आवश्यक नरहेको बताएका छन् ।

वाइडेनले शनिबारको घटनापछि राजनीति शान्तिपूर्ण हुनुपर्ने मात्र बताएनन् अमेरिकामा प्रजातन्त्र कागजमा र भनिने कुरा मात्र नभएको तथा व्यवहारमा नै लागु गर्नुपर्ने विषय भएकोमा जोड दिए ।

सो घटनामा संलग्न युवाको सोही दिन सुरक्षाकर्मीको गोलीबाट ज्यान गइसकेको छ । उनको लक्ष्यका बारे कसैले पनि जानकारी राखेको छैन ।

सोमबार नै विन्सकनमा रिपब्लिक सम्मेलन हुँदैछ । यसका लागि ट्रम्प त्यस स्थानमा पुगी सकेका छन् । सोही सम्मेलनमा ट्रम्पले चुनावमा आफूसँगै जाने सबैको नाम सार्वजनिक गर्ने सम्भावना पनि छ ।