एकता घोषणा अगाडि एमाले र माओवादीबीच संयुक्त बैठक बालुवाटारमा सुरु

एकता घोषणा अगाडि एमाले र माओवादीबीच संयुक्त बैठक बालुवाटारमा सुरु


काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीच संयुक्त बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई पार्टीको संयुक्त केन्द्रीय समितिको बैठक सुरु भएको हो ।

एकता प्रक्रियामा रहेका दुवै दलले छुट्टाछुट्टै बैठकबाट आफ्नो पार्टी विघटन समेत गरेका छन्। संयुक्त केन्द्रीय समिति बैठकले दुवै पार्टीको विघटन गर्ने र आजै निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्ने निर्णय गर्ने श्रोतले बताएको छ ।

संयुक्त बैठकपछि निर्वाचन आयोगमा नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टीलाई दर्ता गराउने तथा राष्ट्रिय सभागृहमा एकताको औपचारिक घोषणा गर्ने तयारी छ।