काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रालय अन्तर्गतका निकायमा कार्यरत २ सहसचिवविरुद्ध मुद्दा दायर गरेपछि अर्थ मन्त्रालयले मन्त्रालय मातहतका ५ सहसचिवहरुको सरुवा गरेको छ।
अख्तियारले आइतबार मन्त्रालयको बजेट महाशाखा प्रमुख रितेश शाक्य र भन्सार विभागका उपमहानिर्देशक टंक पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेपछि उनीहरू स्वतः निलम्बनमा परेका छन् । त्यसपछि उनीहरूले काम गरिरहेको स्थानमा अर्कोलाई जिम्मेबारी दिन ५ सहसचिवहरूको मन्त्रीस्तरीय निर्णयबाट आन्तरिक सरुवा गरिएको हो ।
अर्थ मन्त्रालयका अनुसार रामप्रसाद आचार्यलाई प्रशासन महाशाखा प्रमुख जिम्मेवारी दिइएको छ । शाक्य प्रमुख रहेको बजेट तथा कार्यक्रम महाशाखाको प्रमुखमा नरेन्द्र रानालाई ल्याइएको छ ।
नारायण सापकोटालाई प्रशासन प्रमुखबाट महालेखा नियन्त्रकको कार्यालयमा सरुवा भएका छन् । सुशीला अर्याललाई महालेखा नियन्त्रकको कार्यालय र रामकुमार महतोलाई भन्सार विभागको उपमहानिर्देशकमा सरुवा गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया