जोर–बिजोरको विरोध गर्दै र्यालीमा उत्रीएका पाँच युवा माइतीघरबाट पक्राउ

जोर–बिजोरको विरोध गर्दै र्यालीमा उत्रीएका पाँच युवा माइतीघरबाट पक्राउ


काठमाडौं – साउथ एसिया प्यासिफिक समिटको क्रममा सवारीका लागि लागु गरिएको जोर–विजोर नियम विरुद्ध उत्रिएका पाँच जना युवा राजधानीको माइतीघरबाट पक्राउ परेका छन् ।

‘युथ फर नेशन’को आयोजनामा बिहिबार काठमाडौंमा निकालिएको र्यालीका क्रममा प्रहरीले युवालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा राजु सुनार, मन्जु पुडासैनी, लक्ष्मी दाहाल, मनिका खतिवडा र रघु कार्की रहेका छन् ।

गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी निर्मला पन्तका हत्यारा सरकारले अझै पत्ता नलगाएको भन्दै विरोध स्वरुप युवाहरुले र्याली निकालेका हुन् । यस्तै सरकारले १३ गतेदेखि १६ सम्म चार दिन उपत्याकाको सडकमा जोर–विजोर नियम लागु गरेपछि उनीहरु थप आन्दोलित भएका हुन् ।