पत्रकार ढुंगानामाथि प्रहरीको ज्यादतीविरुद्ध युनियनद्वारा खेद प्रकट

पत्रकार ढुंगानामाथि प्रहरीको ज्यादतीविरुद्ध युनियनद्वारा खेद प्रकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पूर्णबहादुर खड्का
अछाम– नेपाल पत्रकार महासंघ अछाम शाखाका संस्थापक सदस्य तथा केन्द्रीय पासर्द र रेडियो अछामका सल्हाकार सम्पादक यज्ञराज ढुंगानामाथि भएको ज्यादतीविरुद्ध नेपाल प्रेस युनियन जिल्ला शाखा अछामले खेद प्रकट गरेको छ।

 

सुशासनका पक्षमा वकालत गर्दा एक संचारकर्मीलाई अमानविय रुपमा बिधिको शासनको खिल्ला उडाउदै मानव अधिकारको हनन् गरी ढुंगानामाथि गरिएको ज्यादती एकदमै निन्दनीय कार्यको हो,’ विज्ञप्तीमा भनिएको छ।

 

 

सोमबार राति अछाम जिल्लाको सदरमुकाम मंगलसेनमा व्यापारीबाट प्रहरीको हप्ता असुलीको विरोध गर्दा प्रहरीले ढुंगानालाई हत्कडी लगाएर कुटपिट गरी घाइते बनाएको छ।

 

 

ढुंगानामाथि सुनुयोजित ढंगबाट गरिएको प्रहरी आक्रमणको घोर भत्सर्ना गर्दै यथाशीघ्र दोषीमाथि कारबाही नगरिए प्रेस युनियन कडा अन्दोलनमा उत्रिने युनियन अछामका कार्यबाहक अध्यक्ष धनराज साँउदद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ।