नयाँ कार्यसमिति छान्ने जसपा नेपालको निर्वाचन स्थगित, सहमतीबाट छानिने

नयाँ कार्यसमिति छान्ने जसपा नेपालको निर्वाचन स्थगित, सहमतीबाट छानिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी नेपालको पदाधिकारी चयन सहमतीय प्रक्रियाबाट हुने भएको छ । बिहीबार मध्यान्ह चुनाव गर्ने कार्यतालिका स्थगित गरेर सहमतीय प्रक्रियाबाट छान्ने तयारी भएको हो ।

बुधबार १९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी मनोनयन भएको थियो। तर, केहीबेरअघि अध्यक्ष उपेन्द्र यादवले चुनावी प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने प्रक्रिया थालनी गरेका हुन् ।

निर्वाचन हुने भनेपछि उम्मेदवारहरुले महाधिवेशनस्थल धनुषामा व्यापक प्रचार–प्रसार गरेका थिए। तर, निर्वाचन सुरु हुनु केहीबेरअघि मात्र सो प्रक्रियाबाट उपेन्द्र पछि हटेका हुन्।

अन्य कसैको उम्मेदवारी नपरेपछि उनी बुधबार नै जसपा नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। तर, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा तीव्र प्रतिस्पर्धा देखिएको थियो।

मतदान प्रक्रियामा नगएर सहमतिबाट निर्णय गर्ने निर्णय भएपछि अहिले उपेन्द्रले आफूसहितको टीम बनाइरहेका छन्। त्यसले १९ पदाधिकारीसहित २०१ केन्द्रीय सदस्य चयन गर्न सहमती जुटाउनेछ।