अर्का न्यायाधीश न्याय परिषद तानिए, भीएलएनका संचालक श्रेष्ठलाई प्रक्रिया नपुर्याई छोडेको अभियोग

अर्का न्यायाधीश न्याय परिषद तानिए, भीएलएनका संचालक श्रेष्ठलाई प्रक्रिया नपुर्याई छोडेको अभियोग


काठमाडौं– प्रधानन्यायाधीशले ललितपुर जिल्ला अदालतका न्यायाधीश विष्णु मंगल आत्रेयलाई न्याय परिषदमा तान्ने निर्णय गरेका छन् । मलेसियाको भिसा संकलनको जिम्मा पाएको कम्पनी भीएलएनका संचालक राम श्रेष्ठलाई बदनियतपुर्वक तरिकारले छोडेको भन्दै उनलाई फिर्ता बोलाइएको हो ।

परिषद्का सचिव नृपध्वज निरौलाको नेतृत्वमा गठित सूक्ष्म निगरानी एवम् अनुगमन संयन्त्रले आत्रेयको संलग्नताबारे अनुसन्धान गरेको थियो । संयन्त्रले आत्रेयले कुनै पनि प्रक्रिया नअपनाई श्रेष्ठलाई सफाई दिने नियतका साथ काम गरेको भन्दै उनलाई न्यायपरिषद तानिएको हो ।

संयन्त्रले तयार पारेको प्रारम्भिक प्रतिवेदनमा जिल्ला न्यायाधीश आत्रेयले कुनै पनि प्रक्रिया नपनाई हतार हतारमा जसरी पनि सफाई दिने नियत राखेको उल्लेख छ । प्रतिवेदनमा उक्त प्रकरणमा तत्कालिन नेतृत्वको संगलग्नता छ कि छैन् भनेर समेत हेरिनुपर्ने सुझाव दिइएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सपथ लिएको भोलिपल्ट न्यायपरिषदअन्र्तगत निगरानी संयन्त्र बनाएका थिए । वैदेशिक रोजगारीका नाममा अवैध रकम उठाएको भन्दै सरकारले श्रेष्ठमाथी मुद्दा चलाएको थियो । पछि जिल्ला अदालतले उनलाई सफाई दिएको थियो । श्रेष्ठविरुद्ध भक्तपुरमा समेत मुद्दा छ ।

प्रधानन्यायाधीश राणा निकट स्रोतकाअनुसार अव वस्ने न्याय परिषदको वैठकमा उनिमाथी थप छानविन गर्न समिति बनाउने तयारी छ । न्यायपरिषदसंग घटनाको विश्तृत छानविन गरेर मुद्दा चलाउने अधिकार समेत छ ।

साढे २२ किलो सुनकाण्ड प्रकरणमा सरकारी अनुसन्धान समितिले दोषी देखेका व्यक्तिलाई उच्च अदालत विराटनगरले तारेखमा रिहा गरेको घटनामा समेत प्रधानन्यायाधीश राणाले चासो राखेका थिए । राणाले सनम शाक्य हत्या र सुन तस्करी काण्डका अभियुक्तलाई रिहा गर्ने निर्णय दिने पांच जना न्यायाधीशलाई जिम्मेवारीमुक्त गरेका थिए ।

उच्च अदालत विराटनगरका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थीरबहादुर कार्की, उमेशराज पौडेल र उमेशकुमार सिंहलाई शुक्रबारदेखि न्याय सम्पादनको काम गर्न नपाउने गरी न्यायपरिषदमा हाजिर गराइएको छ । उनिहरुमाथी समेत छानविन गरेर थप कार्वाही गर्ने तयारी छ ।

अदालतमा उथलपुथल : न्यायायिक स्वतन्त्रतामाथि सरकारी अंकुश कि सुधारको बाटो ?