प्रधानन्यायाधीशमा फेरि पनि अस्विकृत जोशीको नाम सिफारिस !

प्रधानन्यायाधीशमा फेरि पनि अस्विकृत जोशीको नाम सिफारिस !


काठमाडौं – न्यायपरिषद् सचिवालयले भावी प्रधानन्यायाधीश बन्न सक्ने न्यायाधीश को नाम व्यक्तिगत विवरणसहितको रेकर्ड संवैधानिक परिषदमा पठाएको छ ।

संवैधानिक परिषद्ले सर्वोच्च अदालतमा ३ वर्ष स्थायी न्यायाधीश भई काम गरेको मापदण्ड पूरा भएका दीपकराज जोशी र चोलेन्द्र शमसेर जबराको विवरण संवैधानिक परिषदमा पठाएको । न्याय परिषद्का सचिव नृपध्वज निरौलाले बताए।

हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आउँदो पुस १७ मा अनिवार्य अवकाश पाउँदैछन्। मिश्रको अवकाशपछि प्रधानन्यायाधीशका लागि दुई जना योग्य व्यक्तिलाई सिफारिस गरी सुनुवाइ गर्ने प्रयोजनका लागि जोशी र राणाको नाम पठाइएको हो। जोशी यसअघि पनि प्रधानन्यायाधीशमा सिफारिस भएर संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएका व्यक्ति हुन्। न्याय परिषद्ले जोशीको नाम कैफियतमा राखेर पठाएको जनाएको छ।

 संविधानअनुसार संवैधानिक अंगका पदाधिकारीको नियुक्ति सिफारिस एक महिनाअघि नै गर्नुपर्ने भएकाले संवैधानिक परिषदलाई सजिलो होस् भनेर रेकर्ड पठाइएको न्यायपरिषदका सचिव नृपध्वज निरौलाले बताए । जे तथ्य हो, त्यो संवैधानिक परिषदलाई आवश्यक कागजातसहित पठाइएको उनले जानकारी दिए ।

सर्वोच्चमा तीन वर्ष सेवा गरेका तीन जना न्यायाधीशलाई सिफारिस गर्नुपर्ने व्यवस्था भएपनि तीन वर्ष नपुगेका कारण दुई जनाको मात्रै नाम सिफारिस भएको हो।

अवधि सकिनुभन्दा एक महिना अघि प्रधानन्यायाधीश विदामा बस्ने र कायम मुकायमले एक महिनासम्म सर्वोच्चको नेतृत्व गर्ने प्रचलन हुन्छ। तर मिश्रले घरविदा नबस्ने जनाउ दिएका छन्। त्यो एक महिनाको बीचमा प्रधानन्यायाधीशको सिफारिस गरिसक्नु भए पनि ढिलागरी सिफारिस हुने गरेको छ। अब केही दिनमै संवैधानिक परिषद्को बैठक बसेर प्रधानन्यायाधीशको सिफारिस गर्नेछ। स्रोतका अनुसार केही दिनमै बैठक बसेर जबरालाई प्रधानन्यायाधीशका सिफारिस गर्ने तयारी भएको छ।