प्रधानन्यायाधीश जबराले बरिष्ठतम् न्यायाधीश जोशीका लागि इजलास तोकेनन्

प्रधानन्यायाधीश जबराले बरिष्ठतम् न्यायाधीश जोशीका लागि इजलास तोकेनन्


काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ ग्रहण गरेपछि पदभार सम्हाल्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत पुगेका छन्। प्रधानन्यायाधीश राणाले संसदीय सुनवाईबाट प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीका लागि बुधबार कुनैपनि इजलास तोकेका छैनन्।

सर्वोच्च परिसरमा उनलाई मुख्यरजिष्ट्रार राजन भट्टराईले स्वागत गरेका छन्। प्रधानन्यायाधीशलाई सर्वोच्चका बरिष्ठतम् न्यायाधीशले स्वागत गर्ने चलन छ। अहिले सर्वोच्चमा न्यायाधीश दीपकराज जोशी बरिष्ठतम् छन्।

संसदीय सुनवाई समितिबाट अस्वीकृत जोशीका बिषयमा सोधेका प्रश्नमा न्याय संगत अघि बढछु भन्ने जवाफ दिएका राणाले प्रधानन्यायाधीश भएपछि बुधबार पहिलो इजलास तोके, जसमा जोशीका लागि कुनै इजलाश तोकिएको छैन। सर्वोच्च अदालतको बुधबारको कज लिस्टमा जोशीलाई समावेश गरिएको छैन।

स्रोतका अनुसार जोशीलाई सँगै लिएर हिँडे आफू समस्यामा पर्ने देखेपछि राणाले इजलास नतोकेका हुन्।सर्वोच्च प्रशासनले न्यायाधीशहरूले चेम्बरमै स्वागत गर्ने तयारी भएकाले परिसरमा मुख्यरजिष्ट्रारले स्वागत गरेको बताएको छ।

जबराले संसदीय समितिमा धारणा राख्ने र आफूले सार्वजनिक धारणा राखेको भन्दै जोशीलाई कार्यान्वयनका लागि ‘इजलास नतोक्ने’ समझदारी बनेको हो। सुनावाइ समितिले गत साउन १८ गते जोशीलाई प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने निर्णय लिएको थियो। नेकपासहित राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम जोशीलाई अस्वीकृत गर्न एक मत भएका थिए। जोशीलाई बिस्तारै सर्वोच्चका कामकारवाहीबाट टाढा राख्ने रणनीतिमा प्रधानन्यायाधीश राणा देखिएका छन्।