सर्वाेच्चमा हाजिर भएकाे तीन दिन पछि न्यायाधीश जाेशीले पाए बेन्च

सर्वाेच्चमा हाजिर भएकाे तीन दिन पछि न्यायाधीश जाेशीले पाए बेन्च


काठमाडौं– प्रधानन्यायाधीशमा अस्वीकृत भएर ३९ दिनसम्म बिदा बसेर सर्वाेच्चमा हाजिर भएका न्यायाधीश दीपकराज जाेशीले विहीबारबाट मुद्धा हेर्न पाएका छन् । अाेमप्रकाश मिश्र प्रधानन्यायाधीशमा नियुक्त भएपछि न्यायाधीश जाेशी साेमबार स्वागतका लागि सर्वाेच्च पुगेका थिए ।

मंगलबारबाट नियमित काममा फर्केका जाेशीलाइ एकल इजलासका लागि ३ वटा पेशी ताेकिएकाे छ । जोशीका लागि तोकिएको इजलाशमा ३ वटा रिट निवेदन छन् ।  सर्वाेच्चका न्यायाधीशहरू उनीसँग बेन्च सेयर गर्न नमानेपछि मंगलवार र बुधवार उनका लागि पेशी ताेकिएन । प्रधानन्यायाधीश मिश्रले सर्वाेच्चका न्यायाधीशहरूकाे छलफलबाटै एकल इजलास ताेकेकाे स्राेतले जनायाे ।

गत साउन १८ गतेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले जोशीलाई नेपालको प्रधानन्यायाधीश हुन ‘अयोग्य रहेको’ भन्ने निर्णय गरेपछि जोशी बिदामा बसेका थिए ।

संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाइ विशेष समितिको सोमवारको बैठकले अनुमोदन गरेपछि ओमप्रकाश मिश्र नेपालको २८ औं प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् । मिश्रलाई स्वागत गर्न सर्वोच्च पुगेका जोशी दोस्रो दिन (मंगलवार)देखि नियमित रुपमा सर्वोच्चमा फर्किका थिए ।