उच्च अदालतका ९८ न्यायाधीशको सरुवाः विशेष अदालतको अध्यक्षमा बाबुराम, को कहाँ?

उच्च अदालतका ९८ न्यायाधीशको सरुवाः विशेष अदालतको अध्यक्षमा बाबुराम, को कहाँ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– न्याय परिषद्ले उच्च अदालतका ९८ न्यायाधीशको एकै पटक सुरुवा गरेको छ।

 

सोमबार बसेको न्यायपरिषद् बैठकले न्यायाधीशहरुको सुरुवा गरेको हो। सर्वाेच्च अदालतको नेतृत्व गोपालप्रसाद पराजुलीले सम्हालेपछि यो दोस्रो पटक सरुवा भएको हो।

 

यअसघि तेस्रो चरणको स्थानीय तहको चुनावताका न्याायाधीहरुको सरुवा भएको थियो।

विशेष अदालतको अध्यक्षमा बाबुराम रेग्मी आएका छन्। उनी यसअघि उच्च अदालत सुर्खेतका न्यायाधीश रहेका थिए।

 

विशेष अदालतका पाँच सदस्यहरुमा उच्च अदालत दिपायलका न्यायाधीश द्वारिकामान जोशी, उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालत दिपायलका न्यायाधीश चण्डीराज ढकाल, उच्च अदालत दिपायलकै न्यायाधीश प्रमोदकुमार श्रेष्ठ वैद्य र उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश नारायणप्रसाद पोखरेललाई तोकिएको छ।

 

हेर्नुहोस् सूची