जुम्लामा डा. केसी पक्षधर र प्रहरीबीच झडप

जुम्लामा डा. केसी पक्षधर र प्रहरीबीच झडप


काठमाडौं – जुम्लामा आमरण अनसन बसेका गोविन्द केसी समर्थक र प्रहरीबीच झडप भएको छ ।डा. केसीलाई काठमाडौं ल्याउन कर्णालीका मुख्यमन्त्री र कानुनमन्त्रीको टोली बिहीबार जुम्ला पुगेको थियो ।

त्यसक्रममा अनसनस्थलमा सरकारी टोलीलाई केसी समर्थकले प्रवेश गर्न नदिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।झडपमा प्रहरीको लाठी चार्जबाट एक दर्जन बढी विद्यार्थी तथा चिकित्सकहरु घाइते भएको बताइएको छ ।

बल प्रयोग गरेर भएपनि उपचारका लागि काठमाडौं ल्याउने सरकारको निर्णयपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र कानुनमन्त्री नरेश भण्डारी कार्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका थिए । तर, उनीहरु अस्पताल प्रवेशमै केसी पक्षधरले अवरोध गरेका थिए ।