बिदा सकेर सर्वाेच्च फर्केका न्यायाधीश जाेशी कामविहीन

बिदा सकेर सर्वाेच्च फर्केका न्यायाधीश जाेशी कामविहीन


काठमाडौं– प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि लामाे समय घर बिदामा बसेर सर्वाेच्चमा हाजिर भएका न्यायाधीश दीपकराज जाेशीका लागि पेशी नताेकिए पछि कामविहीन भएका छन् । सोमबार प्रधानन्यायाधीशका रुपमा ओमप्रकाश मिश्रले शपथ लिएलगत्तै मंगलबार प्रधानन्यायाधीशका हैसियतमा पेशी ताेकेका थिए ।

प्रधानन्यायाधीश मिश्रले अदालतमा उपस्थित सबै न्यायाधीशकाे नाममा पेशी ताेके । तर , न्यायाधीश दीपकराज जोशीको नाम मुद्धा हेर्ने कजलिष्टमा राखेनन् । साेमबार प्रधानन्यायाधीशमा अाेमप्रकाश मिश्र नियुक्ति भएपछि जाेशी स्वागत गर्न सर्वाेच्च अाएका थिए । जोशी सोमबारसम्म बिदामा थिए । मंगलबार बिहानै उनी सर्वोच्च अदालत पुगे । तर उनलाई कुनै मुद्दा हेर्न दिइएन । मुद्धा हेर्न नदिएपछि जाेशी कार्यकक्षमा बसिरहेका छन्।

नवनियुक्त प्रधानन्यायाधीश मिश्रले मंगलवार १० वटा इजलाशका लागि पेश तोकेका छन् । जसमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल बाहेक अन्य संयुक्त इजलाश छन् । गत साउन १८ गते (शुक्रवार)को संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा अस्वीकृत गर्ने निर्णय गरेपछि जोशी विदामा बसेका थिए ।