एजेन्सी – ‘इटालियन सिरि ए’ मा युभेन्ट्स र टोरिनो बराबरीमा रोकिएका छन् । शनिबार राति भएको खेलमा युभेन्ट्स र टोरिनो २–२ गोलको बराबरीमा रोकिएका हुन् ।
खेलको १३ मिनेटमा चिएसाले युभेन्ट्सका लागि पहिलो गोल गरे भने टोरिनोका लागि सानाब्रियाले दुई गोल गरेका थिए ।
खेलको ७९ मिनेटमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । रोनाल्डोको अन्तिम गोलबाट युभेन्ट्स हारबाट जोगिएको थियो ।
प्रतिक्रिया