जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ


मकवानपुर – जुवातास खेलिरहेको अवस्थामा मकवानपुरको मनहरीबाट प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको मनहरी गाउँपालिका–६ भुलचोकस्थित कृष्ण पाख्रिनको गोठमा जुवातास खेलिरहेको अवस्थामा स्थानीय ४७ वर्षीय रेशम तामाङ समेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४५ हजार ४४५ रूपैयाँ र १० बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।