काठमाण्डु – देशभर विभिन्न स्थानबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ४५ जनालाई पक्राउ गरेको छ ।
मोरङको विराटनगर महानगरपालिका–१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका–१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६० हजार रूपैयाँ र २ बुकसहित पक्राउ गरेको छ ।
डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत २८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८६९ रूपैयाँ र १६ बुक ताससहित पक्राउ गरेको छ ।
जुतावास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया