मोरङ – जुवातास खेलिरहेको अवस्थामा प्रहरीले २० जनालाई पक्राउ गरेको छ ।
विराटनगर महानगरपालिका–६ भट्टिमोड बस्ने विशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा विराटनगर महानगरपालिका–२ बस्ने ३६ वर्षीय बिमल मण्डल समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ५४ हजार ७१० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
यसैगरी मोरङको कटहरी गाउँपालिका–२ स्थित प्रभुकुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा कटहरी गाउँपालिका–२ बस्ने ३२ वर्षीय सरोज ठाकुर समेत ८ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख १९ हजार ५०० नेपाली रूपैयाँ, ४ हजार ६०० भारतीय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया