काठमाडौंबाट पाँच लाख नगदसहित सात जुवाडे पक्राउ

काठमाडौंबाट पाँच लाख नगदसहित सात जुवाडे पक्राउ


काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाडौँले जुवातास खेलिरहेको अवस्थामा सात जनालाई पक्राउ गरेको छ ।

परिसरबाट खटिएको विशेष टोलीले काठमाडौँ महानगरपालिका–२६ ठमेलमा भोजराज सिलवालको जस्ताको टहरामा जुवातास खेलाइरहेको अवस्थामा चार लाख ९७ हजार ८३५ नगदसहित सात जनालाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले जुवातास खेलाइरहेको गोप्य सूचनाका आधारमा एक बुक ताससहित सात जनालाई नियन्त्रणमा लिएको जानकारी दिए ।