ज्योति विकास बैंककाे संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा

ज्योति विकास बैंककाे संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा


काठमाण्डु– ज्योति विकास बैंक लिमिटेडले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ ।

बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला गरेको थियो ।

तर ३५ दिनभित्र पनि संस्थापक शेयरधनीले शेयर नकिनेपछि सर्वसाधारणले मात्रै किन्न पाउने गरी पुनः बिक्री खुलाएको हो । बैंकले बिक्रीमा राखिएको शेयरको सङ्ख्या भने खुलाएको छैन ।

सो शेयर किन्न इच्छुक सर्वसाधारण व्यक्ति, कम्पनी वा संघसस्थाले आवश्यक पर्ने कागजात सहित ३५ दिनभित्र आफूले किन्न चाहेको शेयर सङ्ख्या र सोको मूल्य समेत खुलाई काठमाडौंको कमलपोखरीस्थित बैंकको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ ।