विवाह समारोहमा बम विस्फोट हुँदा ६३ जनाको मृत्यु

विवाह समारोहमा बम विस्फोट हुँदा ६३ जनाको मृत्यु


एजेन्सी – अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा गराइएको बम विस्फोटनमा परी ६३ जनाको मृत्यु भएको छ भने,१८० जनाभन्दा बढी मानिस घाइते भएका छन्। एक आत्मघाती हमलाकारीले विवाह समारोहमा बम विस्फोट गराएका थिए ।

स्थानीय समयअनुसार राती २२स्४० बजे शहरको पश्चिम भागमा रहेको शिया मुस्लिम बहुल क्षेत्रमा उक्त विस्फोट भएको थियो। तालिबान, इस्लामिक स्टेट समूह र सुन्नी मुस्लिम विद्रोहीहरूले अफगानिस्तान र पाकिस्तानमा रहे का शिया हजारा अल्पसङ्ख्यकहरूलाई बारम्बार निसाना बनाउने गरेका छन्।

काबुलको एक प्रहरी चौकीमा १४ जनाको ज्यान जाने र १५० जनालाई घाइते तुल्याउने गरी ठूलो बम विस्फोटन गराइएको १० दिनपछि पछिल्लो हमला भएको छ।
शुक्रवार पाकिस्तानको क्वेटा सहरमा एक मस्जिद नजिकै राखिएको बम विस्फोट हुँदा तालिबान नेता हिबतुल्लाह अखुन्डजादाका भाइ मारिएका थिए।

त्यो आक्रमणको कुनै समूहले जिम्मेवारी लिइसकेको छैन। अफगानिस्तानको गुप्तचर निकायको एक सूत्रले बीबीसीलाई बताएअनुसार तालिबान नेता हिबतुल्लाह अखुन्डजादा आफैँ त्यो मस्जिदमा प्रार्थना गर्न जाने कार्यक्रम थियो। सायद उनैलाई निसाना बनाउने योजना थियो। अफगानिस्तानमा हजारौँ सैनिक खटाएको अमेरिका र तालिबान शान्ति सम्झौताको नजिक पुगेको भनिएको बेला अफगानिस्तानमा तनाव बढेको छ।