रहेनन् बलिउड अभिनेता कादर खान

रहेनन् बलिउड अभिनेता कादर खान


एजेन्सी – भारतीय चलचित्रका वरिष्ठ बलिउड अभिनेता संवाद लेखक कादर खानको निधन भएको छ । अभिनेता खानको क्यानडाको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

मंगलबार उनको क्यानडामा ८१ वर्षको उमेरमा निधन भएको हो। दीर्घ रोगबाट पीडित खान झन्डै चार महिनादेखि अस्पतालमा थिए। खानका छोरा सरफराज खानले निधनको पुष्टि गरेका हुन् । उनले भनेका छन्, ‘हाम्रा पिता अब हामी माझ रहनु भएन ।’

उनको स्वास्थ्य केही दिनदेखि गम्भीर बनेको थियो । सामाजिक सञ्जालमा उनको निधन भएका खबर पनि आएका थिए । सन् १९८० र ९० को दशकमा कादर खानले गोविन्दा र अनिल कपूरसँग धेरै चलचित्रमा काम गरेका थिए । उनले सन् १९७३ मा राजेश खन्नाको चलचित्र दागबाट बलिउडमा डेब्यु गरेका थिए । खानले ३०० भन्दा बढी चलचित्रमा काम गरेका छन् ।