एजेन्सी – इजिप्टको राजधानी शहर कायरोमा भयानक सडक दुर्घटना भएको छ ।
राजधानीको एक क्यान्सर इन्स्टिच्यूट नजिक भएको सवारी दुर्घटनामा परि कम्तीमा १९ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
इजिप्टका सुरक्षा निकायहरुले आइतबार मध्यराति नेसनल ट्यूमर सेन्टर नजिक विपरीत दिशाबाट आएको एउटा कारले अरु तीनवटा सवारी साधनलाई ठक्कर दिएका कारण ठूलो बिस्फोटसहित दुर्घटना भएको बताएका छन् ।
उक्त घटनामा घाइते भएका अरु तीन जनाको अवस्था नाजूक रहेको छ । दुर्घटनास्थलमा अरु पनि कारहरु जलेको अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया