कैलालीमा एक विदेशी नागरिक मृत फेला

कैलालीमा एक विदेशी नागरिक मृत फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कैलालीमा एक विदेशी नागरिक मृत अवस्थामा फेला परेका छन्।

बर्दगोरिया गाउँपालिका–४, नोमाबोजीमा इंग्ल्याण्डका ६५ वर्षीय स्टेफन गोर मृत फेला परेका हुन् ।

पर्यटक भिसामा नेपाल आएका गोर गत कार्तिकदेखि स्थानीय मानबहादुर मल्लको घरमा डेरा गरी बस्दै आएका थिए ।

बिहीबार राति उनी आफ्नै कोठामा मृत अवस्थामा फेला परेको डोटी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक ९डीएसपी० कवीन्द्र सिंह बोहराले जानकारी दिए ।

प्रहरीका अनुसार उनी भित्रबाट ढोकाको चुक्कल लगाएर सुतिरहेका थिए। लामो समयसम्म ढोका नखुलेपछि ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा फेला परेका थिए ।

प्रहरीले घटनास्थलको आवश्यक अनुसन्धान कार्य सकेपछि शव परीक्षणका लागि अस्पताल पठाइएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।