कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी


धनगढी – नयाँ नेतृत्वका लागि भएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा पुष्पराज कुँवर अध्यक्षमा निर्वाचित भएका छन् । आफ्ना प्रतिद्वन्द्वी रुपेश स्वाँर र डिल्लीराज अवस्थीलाई पछि पार्दै कुँवर निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार अध्यक्षमा विजयी पुष्पराज कुँवरले एक हजार मत प्राप्त गरेका छन्।  उनका प्रतिद्वन्द्वी रुपेश स्वारले ९ साय ३१ र ६ सय ६७ मत र डिल्लीराज अवस्थीले १ सय ७७ मत प्राप्त गरे। कोषाध्यक्ष बाहेकका सबै पदाधिकारीमा कु्ँवर प्यानल विजयी भएका छन्। कोषाध्यक्षमा भने स्वाँर प्यानलका भिमराज ओझा अव्वु विजयी भएका छन्।

उनले ९ सय ६६ मत प्राप्त गरे। यस्तै उपाध्यक्ष उद्योगमा पुष्पराज कुँवर प्यानलका पुष्कर ओझा, उपाध्यक्ष वाणिज्यमा कुँवर प्यानलकै गगन केसी, वस्तुगत उपाध्यक्षमा सोही प्यानलका शिवराज कुँवर, महासचिवमा ओम विष्ट, सचिवमा सिद्धराज पनेरु विजयी भएका छन्।