काठमाण्डु- अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता प्रतिनिधिसभा संसदबाट पारित भएसंगै नेकपा माओवादी केन्द्रभित्र विवाद चर्किएको छ । जसको नेतृत्व गरिरहेका छन् नेता नारायणकाजी श्रेष्ठले ।
एमसीसी अनुमोदनको पक्षमा उभिने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयमा नेता श्रेष्ठले विमति जनाएका छन् । उनले माओवादीको अव बस्ने केन्द्रीय समिति बैठकमा फरक प्रस्ताव समेत लिने तयारी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य नभएका कारण नेता श्रेष्ठले संसदमा विमति राख्न पाएनन् तर उनले सामाजिक सञ्जालमा खुलेरै एमसीसीविरुद्ध मत व्यक्त गरे । जसले गर्दा प्रचण्ड असन्तुष्ट बने भने श्रेष्ठ झन् विवादमा फसे ।
श्रेष्ठले ट्विटरमा लेखेका छन्, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराइछाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रूपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’
नेता श्रेष्ठकै लाइनमा नेताहरू गिरिराजमणि पोखरेल, लिलामणि पोखरेल, शशी श्रेष्ठ, रेखा शर्मा, जयपुरी घर्ती, देव गुरुङ, यशोदा गुरुङ, अञ्जना विशुंखे, कृष्णबहादुर महरा समेत छन् । उनीहरू माओवादी एमसीसीको पक्षमा उभिएकोमा असन्तुष्ट छन् । तर पुर्व माओवादीका नेताहरु एमसीसीको विपक्षमा उभिएपनि श्रेष्ठको पक्षमा भने खुलेर लागेका छैनन्।
श्रेष्ठ यस्ता नेता हुन् जो माओवादीमा आएसंगै सबैभन्दा बढी लाभ पाउनेमा पर्दछन् । उनी माओवादीमा प्रवेश गरेसंगै गृह,परराष्ट्र र स्थानिय विकासजस्ता मन्त्रालयको मन्त्री बनिसकेका छन् ।
सदैव गुटकै नेता !
माओवादीभित्र अध्यक्ष प्रचण्डपछि नेता श्रेष्ठ नै वरिष्ठ नेता हुन् । श्रेष्ठ अब माओवादीमा वरिष्ठ उपाध्यक्ष बन्ने सम्भावना छ । प्रचण्डपछि समग्र पार्टीकै नेतृत्व हांक्ने सम्भावना हुंदाहुंदै पनि श्रेष्ठ गुटकै नेता बनिरहने गरेको चर्चा माओवादी वृत्तमा छ ।
‘जनयुद्ध नलडेको नेता त उहां हुनुहुन्छ नै, अर्काेतिर पूर्व एकता केन्द्रको गुटलाई समातेर बस्नुभएको छ, पार्टीमा, सरकारमा र नियुक्तिका अवसरमा गुटगत भाग खोज्नुहुन्छ,’ माओवादीका एक शीर्ष नेताले भने, ‘पार्टीभित्र अवसरको समानुपातिक वितरणका लागि सबै नेता–कार्यकर्ताका पक्षमा लाग्नुपर्ने नेता १–२ जना नेता समातेर बस्नुहुन्छ ।’
नेता श्रेष्ठले आफ्नो गुटबाट जहिल्यै गिरिराजमणि पोखरेललाई मन्त्री बनाउने गरेको जगजाहेरै छ । नेता पोखरेल कहिले शिक्षामन्त्री त कहिले स्वास्थ्यमन्त्री बन्ने गरेका छन् । यसपालि शशी श्रेष्ठलाई मन्त्री बनाएको र पोखरेललाई मन्त्री नबनाएकोमा नेता श्रेष्ठको असन्तुष्टि रहेको स्रोतले जनाएको छ ।
नेता श्रेष्ठले भतिजा सुनिलबाबु श्रेष्ठलाई दुई पटक राष्ट्रिय योजना आयोगको सदस्य, र त्यसपछी नाष्टको उपकुलपति, निकट मीनबहादुर श्रेष्ठलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाइसकेका छन् भने वीरेन्द्रबाबु श्रेष्ठलाई यसअघि एआईजी बनाएका थिए । उनले राजनीतिक नियुक्तिमा पनि अध्यक्ष प्रचण्डसंग भागबण्डा खोज्ने गरेका छन् ।
आर्थिक विवाद जोडिंदा …
नेता श्रेष्ठ राजनीतिक विवादमा मात्रै होइन, आर्थिक विवादमा समेत मुछिएका छन् । पूर्व राजदूत कमानसिंह लामा र नेता श्रेष्ठबीच जलविद्युत् कम्पनीको शेयर विवाद मिलाउने विषयमा भएको छलफलको अडियो र भिडियो सार्वजनिक भएपछि श्रेष्ठ आर्थिक विवादमा मुछिएका हुन् ।
भिडियो तथा अडियो क्लिपमा २ करोड रुपैयां लेनदेनबारे छलफल भएको सुनिन्थ्यो । श्रेष्ठ र लामाबीचको कुराकानीमा श्रेष्ठकी स्वकीय सचिव सुसन कर्माचार्य र लामाकी पत्नी इन्द्रमायाको नाम पनि उल्लेख गरिएको छ ।
माओवादी स्रोतका अनुसार नेता श्रेष्ठ स्वच्छ छविको भएजस्तो देखिने गरे पनि उनको स्वकिय सचिवालयका सदस्यहरु भ्ने व्यापार–व्यवसाय र आर्थिक लेनदेनमो जोडिने गरेका छन् । गिरिराजमणि पोखरेललाई शिक्षा र स्वास्थ्य जस्ता आकर्षक मन्त्रालयमा मन्त्री बनाएर श्रेष्ठले आर्थिक लाभ लिने गरेको आरोप पनि माओवादी वृत्तमा लाग्ने गरेको छ ।
बाहिर विरोध, भित्र साँठगाँठ
नेता श्रेष्ठले सार्वजनिक खपतका लागि राष्ट्रवादी बन्न बाहिर विरोध गरेपनि भित्रभित्रै सांठगांठ गर्ने गरेको आरोप समेत छ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसंग विप्पा सम्झौता गर्दा मन्त्री समेत रहेका श्रेष्ठले विरोध गरेका थिए । श्रेष्ठले विराटनगरस्थित भारतीय दूतावासको कार्यालय बन्द हुनुपर्ने आवाज समेत उठाउने गरेका छन् तर भारतीय पक्षसंग भने उनि भारतनिकट एक पत्रकारमार्फत सम्र्पकमा रहने गरेका छन् ।
नेता श्रेष्ठले राष्ट्रियताको पक्ष लिएजस्तो गरेर मोलमिलाइ गर्ने गरेको आरोप छ । श्रेष्ठले कुनै पनि मुद्दालाई चर्काएजस्तो गरेर मोलमोलाइ गर्ने र निष्कर्षमा नपु¥याई कुरा मिलेपछि अलपत्र छाड्ने गरेको स्रोतले जनाएको छ । एमसीसीको सन्दर्भमा पनि नेता श्रेष्ठले चर्का कुरा गरेपनि अब बीचमै छाडेर मोलमोलाइ मिलाउनतिर लाग्ने सम्भावना रहेको बताइन्छ ।
चुनाव हारेपछि राष्ट्रियसभा सदस्य !
नेता श्रेष्ठ खुबै नैतिकवान् नेता समेत बन्न खोज्छन् । तर गोरखामा डा. बाबुराम भट्टराईसंग चुनाव हारेपछि उनी सांसद बन्न पाएनन् । त्यसपछि उनी राष्ट्रियसभा सदस्य बनेका छन् ।
हारेका सांसद श्रेष्ठलाई झ्यालबाट संघीय संसदमा पु¥याइएको भन्दै चर्काे आलोचना भएको थियो । उनी वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा आफैं मन्त्री बन्न चाहन्थे तर प्रचण्डले साथ नदिएपछि उनी प्रचण्डसंग असन्तुष्ट बनेका हुन् ।
तत्कालीन नेकपामा समेत नेता श्रेष्ठले नै प्रचण्डलाई अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लाग्न उकास्ने गरेको आरोप छ । पार्टीमा गुट बनाउने, एकअर्कालाई लडाउने भएका कारण नै पूर्व एकताकेन्द्र पक्षका नेताहरू लिलामणि पोखरेल, शशी श्रेष्ठहरू श्रेष्ठसंग छैनन् ।
प्रतिक्रिया