प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु, दुईवटा प्रहरी विटमा आगजनी

प्रहरीको गोली लागेर म्यादी प्रहरीको मृत्यु, दुईवटा प्रहरी विटमा आगजनी


कालिकोट– कालिकोटमा प्रहरीको गोली लागेर एक जना म्यादी प्रहरीको मृत्यु भएको छ।

 

 

तलब कटाइएको भन्दै आन्दोलित म्यादी प्रहरीले ढुंगामुढा प्रहार गरेपछि प्रहरीले गोली चलाउँदा शान्ति त्रिवेणी गाउँपालिका ५ तिकुवाका विवेक ऐडीको मृत्यु भएको हो।

 

 

टाउकोमा गोली लागेका ऐडी जिल्ला प्रहरी कार्यालयका गेटमा ढलेका थिए।

 

 

 

 

अस्पताल लैजादै गर्दा ऐडीको बाटोमै मृत्यु भएको जिल्ला अस्पताल कालीकोटका डाक्टर सुभास शर्माले जानकारी दिए।

 

 

 

जिल्ला प्रहरी कार्यालय कालीकोटले म्यादी प्रहरीलाई दिने भनिएको तलब भत्ता बापतको अन्तिम किस्तामा तीन हजार रुपैयाँ कटौती गरेको थियो। विरोधमा म्यादी प्रहरी आन्दोलित बनेका थिए।

 

म्यादी प्रहरीले दुुईवटा प्रहरी विटमा आगजनी समेत गरेका छन्।