काठमाडाैं– कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोली एक घण्टा व्यापारीकाे कब्जामा परेर छुटेका छन्। पछिल्लाे समय तरकारीमा बिचाैलिया हावी भएपछि सरकारी टाेली अनुगमनका लागि तरकारी बजार पुगेका हुन् ।
तरकारीमा विचौलिया हाबी हुँदा देशैभरीका तरकारी किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्। विचाैलिया हावी भएपछि सरकारी टाेली छड्के चेकजाँच गर्न कालीमाटी बजार पुगेको थियो । कालीमाटीका व्यापारीले सरकारी अनुगमन टोलीलाई पटक पटक अबरोध गर्दै आएका छन्।
अबराेध गर्ने व्यापारीलाइ कारबाही हुन्छ प्रवक्ता नवराज ढकाल
कालीमाटी बृतवाट प्रहरी परिचालन भएपछि व्यापारीहरूले सरकारी टाेलीलाइ छोडेको थियो । आपुर्ति मन्त्रालयका प्रवक्ता नवराज ढकालले अनुगमनमा अबरोध गर्ने ब्यापारीलाई कारवाही गरिने बताए । उनका अनुसार बजार अनुगमनमा अबराेध गर्ने व्यापारीकाे पहिचान गरेर कारबाही प्रक्रिया अगाडी बढाइने छ । सोमबार विहान ३ बजे बजार अनुगमन गर्न गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीले थुनेका थिए ।
बिलविजक नभएकाे दुइ ट्रक तरकारी नियन्त्रणमा
अनुगमनका क्रममा काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि दुबै गाडीलाई नियन्त्रणमा लिएको थियो । उपत्यका बाहिरबाट फर्सी र काक्रो लिएर आएका दुई ट्रकसँग बिलविजक लगायतका कागजात नभेटिएपछि विभागको अनुगमन टोलीले सोमबार बिहान नियन्त्रणमा लिएको थियाे ।
प्रतिक्रिया