तत्कालिन किष्ट बैंकका प्रबन्धक सञ्चालक कमल ज्ञावली भारतबाट पक्राउ

तत्कालिन किष्ट बैंकका प्रबन्धक सञ्चालक कमल ज्ञावली भारतबाट पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बैंकिङ कसुरमा दाेषी ठहर भएका तत्कालिन किष्ट बैंकका प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । उच्च अदालत अन्तर्गतको वाणिज्य इजलास पाटनले ऋण दुरुपयोग अभियोगमा ज्ञवाली र उनकी श्रीमती गौरी खनाललाई जेल र जरिवानाको सजाय सुनाएको थियो ।

राष्ट्र बैंकले दायर गरेको मुद्दामा ज्ञवालीलाई ३ वर्ष कैद र १२ करोड ५० लाख जरिवाना भराउने फैसला गरेको थियो । उनले कम धितोमा धेरै ऋण लिएर दुरुपयोग गरेको भेटिएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।

ज्ञवालीले ६ करोड रुपैयाँ पर्ने सम्पत्ति धितो राखेर बैंकबाट ३ गुणा बढी कर्जा लिएर दुरुपयोग भएको पुष्टि भएको थियो । सीआइबीले मुद्दा दायर गरेपछि ज्ञवाली लुकिछिपी बस्दै आएका थिए ।