कमल थापाले भने – देशले निष्ठावान राष्ट्रवादी नेता गुमायो

कमल थापाले भने – देशले निष्ठावान राष्ट्रवादी नेता गुमायो


काठमाडौं – वरिष्ठ राजनीतिज्ञ डा. तुलसी गिरीको निधनबाट देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले बताएका छन् । उनले आफूले पनि प्रेरणाको श्रोत र मार्गदर्शक गुमाएको बताएका छन् ।

मंगलबार थापाले शोक विज्ञप्ति जारी गर्दै गरी डा. गिरीको निधनले आफू स्तब्ध र मर्माहत भएको उल्लेख गरेका छन् । शोक विज्ञप्तिमा लेखिएको छ–निष्ठा, आदर्श र स्पष्ट वैचारिक मान्यता उनका जीवन दर्शन थिए, आफ्नो अनुकूलतामा विचार र दर्शन परिवर्तन गर्न उद्धत समकालीन नेपाली राजनीतिमा डा. गिरी बरु एक्लो हुनुभयो तर मान्यता परिवर्तन गर्नु भएन ।’

‘उहाँको निधनबाट मैले मेरो प्रेरणाश्रोत र मार्गदर्शक गुमाएको छु, देशले निष्ठावान राष्ट्रवादी नेता गुमाएको छ,’ थापाले लेखेका छन् ।