हार स्वीकार्दै कमला ह्यारिसले भनिन्-शान्तिपूर्ण तवरमा शक्ति हस्तान्तरण गर्छौ

हार स्वीकार्दै कमला ह्यारिसले भनिन्-शान्तिपूर्ण तवरमा शक्ति हस्तान्तरण गर्छौ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अमेरिकी राष्ट्रपति पदका उम्मेदवार कमला ह्यारिसले निर्वाचनमा पराजित भएको स्वीकार गरेकी छन् ।

वासिङगटन डीसीको हावर्ड विश्वविद्यालयमा बोल्दै उनले आफूहरूको अभियानमा गर्व र निर्वाचनको नतिजा स्वीकार गरेको बताएकी हुन् । आफ्नो भाषणमा ह्यारिसले डेमोक्रेटका प्रमुख मुद्दा जस्तै, गर्भपतन, बन्दुक हिंसा र समान न्यायलाई प्राथमिकता दिइएको बताइन् ।

उनले आफूले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुरा गरेको र उनलाई विजयका निम्ति बधाई दिएको पनि बताइन् । शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न आफू तयार रहेको पनि उनले उल्लेख गरिन् ।

ह्यारिसले शान्तिपूर्ण शक्ति हस्तान्तरण गर्ने वाचा गरेपछि ट्रम्पले ह्वाइट हाउस फर्कनका लागि आफ्नो टोली चयनको काम सुरु गरेका छन् ।