कमलादी गोलीकाण्डः दुई भारतीय नागरिक जेल चलान

कमलादी गोलीकाण्डः दुई भारतीय नागरिक जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– गत कात्तिकमा काठमाडौंको कमलादीस्थित एक डान्सबारमा भएको गोलीकाण्डमा संलग्न दुई भारतीय नागरिक जेल चलान भएका छन्।

 

काठमाडौं जिल्ला अदालतले जसवीर सिंह र हरदेवेन्दर सिंहलाई ज्यान मार्ने उद्योग मुद्दामा पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।

 

उनीहरु गत कात्तिक १५ गते पक्राउ परेका थिए।

 

उनीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा हातहतियार मुद्दा पनि दर्ता भएको छ।

 

पक्राउ परेका जसवीर लुधियानाका पूर्वसरपञ्च तथा हरदेवेन्दर भारतको केन्द्रीय विद्युत् प्राधिकरणका कर्मचारी हुन्।

 

कमलादीको हेरिटेज प्लाजामा रहेको ‘ज्याक डेनियसल्स रेस्ट्रो विथ डान्सबार’ मा बिल तिर्ने क्रममा विवाद हुँदा गोली चलाएर उनीहरु भागेका थिए।

 

 

भाग्ने क्रममा पेस्तोल र ५१ राउन्ड गोलीसहित दुवैलाई प्रहरीले पक्राउ गरेको थियो।

तस्बीर नेपाल लाइभबाट।