काठमाण्डु– १ लाख जरिवाना गरिएको काठमाडौँ महानगरपालिकाको पत्र नेकपा एमालेले बुझ्न अस्वीकार गरेको छ ।
आज महानगरको टोली एमाले पार्टी कार्यालयमा नै पुगेर पत्र दिन खोजे पनि एमालेले लिन नमानेको हो । कार्यालयका कर्मचारीले यो विषय आफूहरूसँग असम्बन्धित भन्दै फर्काइदिएको स्रोतले बतायो ।
एमालेले शुक्रबार काठमाडौंमा आयोजना गरेको जागरण सभाका क्रममा दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना तिराउने तयारी गरेको थियो । तर आइतबार बिहान महागरको पत्र एमाले कार्यालयमा प्राप्त नभएको र भए पनि जरिवाना नतिर्ने केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले बताएका थिए ।
पार्टी कार्यालयमा पत्र दिन गएको महानगरपालिकाको टोली त्यसै फर्किएको छ ।
प्रतिक्रिया