आफैले गरेको प्रतिबद्धता पुरा नगरेपछि कामिनीमाथी एक्सन गर्ने सरकारको तयारी

आफैले गरेको प्रतिबद्धता पुरा नगरेपछि कामिनीमाथी एक्सन गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ–सरकारले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई ७२ घण्टे स्पष्टिकरण सोधेको छ । यसअघि पनि उनको काम सन्तोषजनक नभएको भन्दै सरकारले स्पष्टिकरण सोधेको थियो ।

मन्त्रिपरिषद्को शुक्रबारको बैठकले राज भण्डारीको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशक भण्डारीलाई बोलाएर टेलिकमको कार्यप्रगतिबारे सोधेका थिए । उनको जवाफ चित्त नबुझेपछि प्रधानमन्त्रीले संचारमन्त्री गोकुल बास्कोटालाई गत वैशाखमा स्पष्टिकरण सोध्न निर्देशन दिएका थिए ।

राजभण्डारीले तीन महिनाभित्र टेलिकमको स्थितिमा सुधार गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म त्यसमा कुनै पनि प्रगती हुन सकेको छैन् । पछिल्लो समय टेलिकममा भ्रदागोल भएको भन्दै उनलाई हटाउन सरकारमाथी नै चर्को दबाव छ । ‘उनी आफैले गरेको प्रतिबद्धता पूरा भएन्, त्यही भएर स्पष्टिकरण सोध्ने निष्कर्शमा सरकार पुगेको हो ।’प्रधानमन्त्री निकट स्रोतले काठमाडौंपाटीलाई भन्यो ।

राजभण्डारीमाथी काठमाडौं र पोखराबाहेक अन्यत्र फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेकोलगायतको आरोप छ । उनलाई प्रधानमन्त्री ओलीले यसबारेमा पटक–पटक सचेत समेत गराइसेका छन् ।

कामिनी २०७३ असोजमा तीन वर्षको लागि खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिईन ।