काठमाडौं– सरकारले नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनीराज भण्डारीलाई अन्तिम पटकका लागि मौका दिएको छ।
कामिनीले दिएको स्पष्टिकरण मन्त्रिपरिषदमा पुगेकोमा सरकारले सचेत गराउने निर्णयसहित अन्तिम पटकका लागि मौका दिएको हो।
टेलिकमको सेवा र गुणस्तर निरन्तर खस्किदै गएको र प्रतिस्पर्धी सेवा प्रदायकभन्दा १६ अर्ब रुपैयाँले ओरालो लाग्दा पनि कम्पनीको सेवा प्रवाह सुधार गर्न असफल भएको उनीमाथि आरोप थियो। जसका लागि सरकारले स्पष्टिकरण सोधेको थियो।
प्रतिक्रिया