सरकारकाे निर्णय विरूद्ध टेलिकम प्रबन्धक कामिनी सर्वाेच्च पुगिन्

सरकारकाे निर्णय विरूद्ध टेलिकम प्रबन्धक कामिनी सर्वाेच्च पुगिन्


काठमाडौं- सरकारले पदबाट हटाएकी नेपाल टेलिकमकी प्रवन्ध निर्देशक कामिनी राजभण्डारीले सर्वोच्च अदालतमा रिट दायर गरेकि छन्।

प्रतिस्पर्धाबाट निश्चित समयका लागि आफु नियुक्त भएको भन्दै राजभण्डारीले पुनर्वहालीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी हुन्।

उनले रिटमा अन्तरिम आदेश जारी गर्दै सरकारको निर्णय बदर गर्न माग गरेकी छन्। सरकारले गलत मनसायका साथ आफुलाई हटाएको उनको आरोप छ। उनलाई मंगलबारको मन्त्रिपरिषद बैठकले पदमुक्त गर्ने निर्णय गरेको थियो। उक्त मुद्दाको पेशी अाज न्यायाधीश चोलेन्द्र शम्सेर राणाको इजलासमा तोकिएको छ।

राजभण्डारी २०७३ असोजमा खुला प्रतिस्पर्धाबाट तीन वर्षको लागि नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन्। त्यस समय सुरेन्द्रबहादुर कार्की सञ्चारमन्त्री थिए।