महेन्द्रनगर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार र सिके राउत बिच भएको सम्झौता प्रती आशंंका ब्यक्त गरेका छन् । उनले यो शंंकास्पद र डरलाग्दो भएको भन्दै सरकारले तुरुन्तै आफ्नो धारणा जनता समक्ष स्पष्ट पार्नुपर्ने बताए ।
मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्राको क्रममा कंचनपुर आईपुगेका थापाले शनिबार बिहान मिडिया नेपालद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय अखण्डता, स्वतन्त्रता र सार्बभौमसत्ता जनमत सङ्ग्रह वा आबधिक चुनाब कुनै प्रक्रियाबाट पनि परिबर्तन वा संसोधन हुन नसक्ने जिकिर गरे ।
बिखण्डन परित्याग पहिलो नजरमा स्वागतयोग्य भएता पनि यस संबेदनसिल बिषयमा सरकारले जनतालाई आश्वस्त पार्नु पार्ने थापाको धारणा थियो । सरकार र राउत बिच भएको सम्झौताको भाषा बिबादास्पद रहेको थापाको भनाई छ। देश बिखण्डनको बिषय कुनै हालतमा स्विकार्य हुन नसक्ने भन्दै थापाले एक्कासि रहस्यमय ढङ्गबाट भएको सम्झौता डरलाग्दो समेत हुनसक्ने तर्क गरे।
सरकारले आफ्नो धारणा स्पष्ट नगरे जनता देश जोगाउनको निमित्त स्वतस्फूर्त आन्दोलनमा होमिने उनको चेतावनी थियो । निर्मला पन्तको दोषी पत्ता लगाउन नसक्नु सरकारको असफलता भएको भन्दै उनले यस घटनामा शक्ति र पहुँचवालाको संंलगनता भएकोले सरकार निरीह भएको हुन सक्ने आशंंका ब्यक्त गरे ।
शक्ति र पहुँचको आधारमा दोषी जोगाउन सरकार लागेको भए त्यो दुर्भाग्यपूर्ण हुने समेत बताए । ताप्लेजुङबाट शुरु भएको यात्रा हिजो कंचनपुर आईपुगेको हो। यात्रा कैलालीको टिकापुर,नेपालगन्ज ,बुटवल,स्याङ्जा, पोखरा हुँदै फागुन २९ गते काठमाडौं आईपुग्ने कार्यक्रम रहेको राप्रपा सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया