कञ्चनपुरमा जलेको अवस्थामा पुरुषको शव र मोटरसाइकल फेला

कञ्चनपुरमा जलेको अवस्थामा पुरुषको शव र मोटरसाइकल फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– कञ्चनपुरको बेलौरीमा जलेको अवस्थामा एक जनाको शव फेला परेको छ।

मंगलबार बिहान बेलौरी नगरपालिका–१० को शिवनगरस्थित घटियाघाट रोड नजिकै जलेको अवस्थामा पुरुषको शव र मोटरसाइकल फेला परेको हो ।

सडक नजिकै तोरीको भुसमा आगोले जलिरहेको अवस्थामा मोटरसाइकल र नजिकै घोप्टो परेर जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

शव पूरै जलेकोले मृतकको पहिचान खुल्न सकेको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।