कांग्रेस नेता लेखकले भने ‘बन्द रहेको कञ्चनपुरको विमानस्थल चांडै संचालन हुन्छ ’

कांग्रेस नेता लेखकले भने ‘बन्द रहेको कञ्चनपुरको विमानस्थल चांडै संचालन हुन्छ ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कंचनपुर – पुर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकले बन्द रहेको कञ्चनपुरको मझगाउं विमानस्थल संचालन प्रक्रियामा रहेको बताएका छन् । महेन्द्रनगरमा मंगलबार संचारकर्मीसंग कुराकानी गर्दै पुर्वमन्त्री लेखकले बर्षौदेखि बन्द रहेको मझगांउ विमानस्थल पुनः संचालनमा ल्याउन आफुले पहल गरिरहेको बताए ।

 

‘पछिल्लो समयमा निर्माण भएको कांग्रेस–माओवादी केन्द्र गठबन्धन सरकारका पालामा यो विमानस्थल संचालन गर्ने प्रकृया शुरु भएको हो, ‘लेखकले भने, ‘प्रकृया अघि बढिसकेकोले केही समय भित्रै विमानस्थल संचालन हुन्छ ।’

 

 

मझगांउ विमानस्थल दक्षिणीतिर ५ सय मिटर क्षेत्रफल बढाउनुपर्ने आवश्यकता भएको भन्दै पुर्वमन्त्री लेखकले यसका लागि वन मन्त्रालयसंग जग्गा माग गरिएको जानकारी दिए । कञ्चनपुर क्षेत्र नम्बर ४ निर्वाचित सांसद कंँग्रेस नेता लेखकले बन्द रहेको मझगाँउ पुन संचालनका लागि पटक–पटक आफ्नै लेटरप्याडमा नागरिक उड्ययन मन्त्रालयमा पहल गरेपछि मन्त्रालयले यसमा गम्भिर भएर लागेको बताए ।

 

राम्रो र ठुलो एयरपोर्ट बनाउन आवश्यक प्रकृया अघि बढ्दा केही ढिलो हुन गएको उनको भनाई थियो  । वन मन्त्रालयले एयरपोर्टका लागि दिने जमिनको विस्तृत पर्यावरणीय सर्वेक्षण गर्न नागरिक मन्त्रालयले अनुमती दिएको बताउदै कांग्रेस नेता लेखकले बन्द रहेको विमानस्थल संचालन हुने विश्वास व्यक्त गरे ।  

 

माओवादी केन्द्रका नेता समेत रहेका पुर्व नागरिक उड्ययन मन्त्री लोकेन्द्र विष्ट स्वयम आफै बन्द रहेको विमान स्थलमा संचालन गर्न भन्दै केही बर्ष पहिले स्थलगत अध्ययन गरेका थिए ।  यहाका स्थानीयले बन्द रहेको विमानस्थल संचालन गर्न माग गर्दै आएका छन् ।