विवाद सल्टिएपछि कंगना रनावतको ‘इमरजेन्सी’ को प्रदर्शन मिति तोकियो

विवाद सल्टिएपछि कंगना रनावतको ‘इमरजेन्सी’ को प्रदर्शन मिति तोकियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी– अभिनेत्री कंगना रनावतको फिल्म ‘इमरजेन्सी’ को प्रदर्शन मिति तोकिएको छ। सेन्सरबाट सर्टिफिकेट पाएसँगै फिल्मको नयाँ प्रदर्शन मिति तोकिएको हो।

ट्रेलर रिलिज भएदेखिनै विरोध सुरु भएको ‘इमरजेन्सी’ सन् २०२५ जनवरी १७ बाट रिलिज हुँने भएको छ ।

लगातार शिख समुदायले फिल्मको विरोध गरेपछि भारतको सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनले यसलाई प्रमाणपत्र दिएको थिएन।

आफूसँग सम्बन्धित घटनालाई विकृत गरिएको शिख समुदायको आरोप थियो।

यस फिल्ममा कंगनाले भारतका तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छन्। यो फिल्म २५ जुन १९७५ देखि २१ मार्च १९७७ सम्म मुलुकमा लगाइएको २१ महिनाको संकटकालको कथामा आधारित छ।

कंगना यस फिल्मका निर्देशक र निर्माता पनि हुन्। फिल्ममा कंगनासँगै महिमा चौधरी, अनुपम खेर, सतीश कौशिक, मिलिन्द सोमन, श्रेयस तलपन्डेलगायत कलाकारको अभिनय छ।