कंगोमा राष्ट्रसंघीय निर्देशकले गरे नेपाली शान्ति सेनाले पुर्याएको योगदानको प्रशंसा

कंगोमा राष्ट्रसंघीय निर्देशकले गरे नेपाली शान्ति सेनाले पुर्याएको योगदानको प्रशंसा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्रसंघको मोनुस्कोका निर्देशक कर्ण सोरोले नेपाली शान्ति सेनाले गरेको कामको कुनै गुनासो गर्नु नपरेको बताएका छन् ।

प्रजातान्त्रिक गणतन्त्र कंगोको साउथ किभु प्रदेशको वलुंगो क्षेत्रमा शान्ति स्थापनाका लागि तैनाथ नेपाली शान्ति सेनाको गतिविधि अवलोकनका लागि पुगेको रक्षा मन्त्रालयको प्रतिनिधिमण्डलसँगको भेटमा निर्देशक कर्ण सोरेले नेपाली सेनाको काम देखेर उत्साहित भएको बताउँदै नेपाली शान्ति सेनाको प्रशंसा गरे ।

उनले नेपाली शान्ति सेनाले संयुक्त राष्ट्र संघको शान्ती स्थापनाका लागि तय वान फोर्स, वान मिसन र वान म्यान्डेडको नीति अक्षरंस पालना गरेको बताए ।

उनले नेपाली शान्ति सेनाको तैनाथले वलुंगो क्षेत्रमा सशस्त्र समुहको गतिविधि, हत्या हिंसा र लुटपाट जस्ता आपराधिक गतिविधि न्युनिकरण भएपछि वलुंगो क्षेत्रका जनताले सुरक्षाको महशुस गरेको बताए ।

सोही क्रममा कंगोमा शान्ति स्थापनाका लागि खटिएको नेपाली सेनाको रणभीम गणका गणपति रवीन्द्रबहादुर रेश्मीमगरले युनेस्कोको म्यानेडड अनुसार नै शान्ति सेना प्रभावकारी रुपमा शान्ति स्थापनाका लागि परिचालित हुने प्रतिवद्धता जनाउँदै नेपाली शान्ति सेनाको उपस्थितीपछि आपराधिक गतिविधिहरु घटेको र केही सशस्त्रका समुहले हतियार बुझाएर आत्मसमर्पण गरुेको पनि बताए ।

झण्डै ४० मिनेट लामो भेटघाटमा नेपाली पतिनिधिमण्डलबाट उपप्रधान तथा रक्षामन्त्रि इश्वर पोखरेलका स्वकिय सचिव ध्रुव थपलिया, पत्रकारहरु माधव तिवारी, मनोज जोसी, सचिन पोखरेल, नेपाली सेनाका मेजरद्धय उत्सव केसी र बोधराज कार्की, क्याप्टेनहरु धबहादुर खड्का र श्रवेता पौडेल सहभागी थिए ।