कपिलवस्तुमा साढे २० लाख भारुसहित २ जना पक्राउ

कपिलवस्तुमा साढे २० लाख भारुसहित २ जना पक्राउ


काठमाण्डु-कपिलवस्तुको कृष्णनगर नगरपालिकाको लिन्क गेटबाट स्रोत नखुलेको साढे २० लाख भारतीय रुपैयाँसहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

दुई वटा भारतीय नम्बर प्लेटको गाडी नेपाल भित्रिएको अवस्थामा चेकजाँचको क्रममा प्रहरीले उक्त परिमाणको स्रोत नखुलेको भारतीय रुपैयाँसहित दुईजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित राईगट जिल्लाका ३३ वर्षीय सलमान कुरैशी र ३९ वर्षीय उमेश सखराम छन् । युपी ४५ एएस ६६६३ र युपी ४२ डीटी ५७२१ नम्बरको भाडाका गाडीमा ती दुईजनासहित ६ जना सवार थिए ।

सलमानको झोलाबाट ८ लाख र सखरामको झोलाबाट साढे १२ लाख भारतीय रुपैयाँ बरामद भएको छ ।