नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार

नेपाल आइडल विजेता परियारलाई प्रधानमन्त्रीले दिए गितार उपहार


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आइडल विजेता करण परियारलाई बधाइ दिएका छन् ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले विजेता परियारलाई बधाई दिदैँ गितार उपहार दिएका हुन् ।

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल र सङ्गीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए ।

साथै प्रधानमन्त्री प्रचण्डले परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना र भविष्य भएकाले निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेका थिए ।