सोमबारदेखि सहिद स्मृति कराते

सोमबारदेखि सहिद स्मृति कराते

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ललितपुरमा आगामी सोमबारदेखि सहिद सागर सिंह तथा ज्ञानबहादुर शाही स्मृति कराते प्रतियोगिता हुने भएको छ ।

नेपाल सितोरियो कराते डो प्रयागपोखरी डोजोको आयोजनामा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा करिब ६ सय खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक गोपाल महर्जनले जानकारी दिए ।

पुरुष÷महिलामा एकल काता र कुमुतेमा समान ११/११ गरी २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे र सिन्धुपाल्चोक जिल्लाबाट ३५ टोली सहभागी हुने आयोजक डोजोका प्रशिक्षक विकास महर्जनले जानकारी गराए ।

ललितपुर महानगरपालिकाको मुख्य प्रायोजन तथा महालक्ष्मी नगरपालिका र गोदावरी नगरपालिकाको सहप्रायोजनमा हुने दुईदिने प्रतियोगिताका खेलहरू मंगलबजारस्थित आदर्श कन्या निकेतनमा खेलाइनेछ ।