काठमाण्डु- ट्राफिक प्रहरीले काठमाण्डु उपत्यकामा एकैदिन २ हजार ७४८ जना सवारी चालकलाई कारवाही गरेको छ ।
ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न उनीहरुलाई कारवाही गरिएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कारवाहीमा पर्नेमा १४७ जना मादक पदार्थ सेवन (मापसे) गर्ने १४७ जना, लेन अनुशासन पालना नगर्ने ६६ जना, रेड लाइटमा सवारी चलाउने ११६ जना र नम्बर प्लेट स्पष्ट देखिने गरी नराख्ने ४६ जना सवारी चालक रहेका छन् ।
२ हजार ३७३ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया