करिष्मा भन्छिन्ः पार्टी सिस्टम काम छैन्, राजा राख्ने र विचारले नेपाल चलाउने !

करिष्मा भन्छिन्ः पार्टी सिस्टम काम छैन्, राजा राख्ने र विचारले नेपाल चलाउने !


काठमाण्डु – नायिका करिष्मा मानन्धरले नेपालमा धेरै पार्टीको काम नभएको भन्दै राजतन्त्रको पक्षमा वकालत गरेकी छन् । सामाजिक सञ्जालमार्फत अभिनेत्री मानन्धरले नेपालमा पार्टी ‘सिस्टम’ आवश्यक नभएको बताएकी हुन् ।

उनले राजा राख्ने र विचारका आधारमा देश चलाउने विषयमा आफ्नो धारणाा सार्वजनिक गरेकी हुन् । डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीकी नेतृसमेत रहेकी अभिनेत्री मानन्धर खुलेरै राजतन्त्रको पक्षमा लागेकी छन् ।

‘धेरै कमेन्ट हेरे ! यो कामै छैन ! पार्टी सिस्ट्म काम छैन । दुई विचार काम छ । राजा राख्ने र विचारले नेपाल चलाउने’, उनले भनेकी छन् ।

त्यस्तै उनले समाजवादी पार्टी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई जस्तो पढेलेखेको नेताले विरोध मात्रै गर्नु दुःखको विषय भएको बताएकी छन् ।

‘तपाईं जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको बिरोधमा मात्रै सिमित भयेको देखेर दुःख लाग्छ डा. साब ! यही हो नेपालीले पाएको गणतन्त्र ? यही हो राजनीतिक संस्कार ? देशको विकास कहिले हुने ?’, उनले प्रश्न गरेकी छन् ।