काठमाडौं – नेपाली फिल्म इन्डष्ट्रीकी चर्चित नायिका करिष्मा मानन्धरले भ्रष्टाचार, कुशासन, पार्टीगत लडाईंले देशमा सकारात्मक परिवर्तन नआएका कारण गणतन्त्र दिवसको शुभकामना लेख्न पनि जनतामा उत्साह नरहेको बताएकी छन् ।
उनले आफ्नो फेसबुकमार्फत एक स्टाटस लेख्दै हजारौंको बलिदान र संघर्षपछि आएको गणतन्त्रलाई जनताले उत्साहका साथ स्वागत गरे पनि आफ्नो जीवनमा र देशमा सकारात्मक परिवर्तनको सुनौलो सपना देखे पनि त्यो पूरा नहुँदा जनतामा निराशा छाएको उनको भनाई छ ।
उनले लेखेकी छन्, ‘गणतन्त्र आएको केही वर्षमै गणतन्त्र दिवसको दिनमा शुभकामना शब्द लेख्न पनि सबैको हात शिथिल भएको छ ?’, ‘देशको जिम्मेवारी लिएका अगुवाहरु विचार गर्नुस् ! जुन शिखरमा उभिएर दम्भ गर्दै हुनुहुन्छ त्यसको सतहको टेको जनताको काँधमा अडिएको छ । तेसैले भ्रष्टाचार, कुशासन, पार्टीगत लडाईं छोडेर न्याय, सदाचार, सहसम्मान, हरेक वर्गलाई समानअवसर र राष्ट्रिय धनको सही सदुपयोग गरेर अगाडि बढ्नुस् ।’
उनले राजनीतिक दल नेता नेताहरुलाई जनता विकल्प सोच्न स्वतन्त्र रहेको हेक्का राख्न पनि सुझाव दिएकी छिन् ।उनले लेखेकी छन्, ‘हजुरहरुको गतिविधिले कम्जोर बन्दै गइरहेको गणतन्त्रलाई बलियो र दिगो बनाउन सचेत हुनुहोस् भन्ने आग्रह ।’ विकल्प रोज्न खर्चिनु पर्ने समय राष्ट्रको विकासको लागि खर्चिने वातावरण बनाउन उनको आग्रह छ ।
डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता भएसँगै करिष्मा सक्रिय राजनीतिबाट अलग भएकी छिन् ।
प्रतिक्रिया