कर्मचारी अभावमा काम गर्न समस्या भएको मन्त्री पुनको गुनासो

कर्मचारी अभावमा काम गर्न समस्या भएको मन्त्री पुनको गुनासो


म्याग्दी – गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रदेश सरकारसँग कर्मचारी नहुँदा काम गर्न समस्या भएको बताएकी छन् ।

बेनीमा शुक्रबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको कार्यालय उद्घाटन गर्दै मन्त्री पुनले प्रदेश सरकारमातहत कर्मचारी नभएको र भएका कर्मचारीले असहयोग गर्दा काम गर्न अप्ठ्यारो परेको बताईन्।

कर्मचारीले आफू सङ्घीय सरकारको मात्र भएजस्तो व्यवहार र कार्यशैली देखाएकामा आक्रोश व्यक्त गर्दै मन्त्री पुनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कर्मचारीको गैरजिम्मेवार र असहयोगी कार्यशैलीका कारण स्वास्थ्य क्षेत्र भद्रगोल बनेको गुनासो गरे।

सङ्घीय सरकारको स्वास्थ्य मन्त्रालयको लापर्बाहीका कारण सुगम क्षेत्रमा चिकित्सक थुप्रिने र दुर्गम क्षेत्रका अस्पतालमा विशेषज्ञ चिकित्सक नहुँदा सर्वसाधारण मर्कामा परेको भन्दै उहाँले बेनी अस्पतालमा प्रमुख पठाउने विषयमा स्वास्थ्य मन्त्रालयका सचिवले आफूलाई ढाँटेको बताईन्।

मन्त्री पुनले जडिबुटीखेती विस्तार गरेर आयुर्वेदिक औषधि उत्पादन गर्ने, योग कक्षा सञ्चालन गर्ने र जीवनशैली सुधारका लागि कार्यक्रम तय गरिएको बताए । प्रदेश सरकार अघि बढ्न खोजे पनि सङ्घीय सरकारसँग तालमेल नमिलेको उनको अनुभव थियो ।

यसअघि सङ्घीय सरकार मातहत रहेको आयुर्वेद स्वास्थ्य केन्द्र अबदेखि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत रहने कार्यालय प्रमुख रमेश शर्मा भुषालले बताए । उनले कार्यालयको सेवा प्रवाहको अवस्था र गतिविधिबारे जानकारी गराएकी थिईन्।